विराटनगर । विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा अहिले नेपाल र श्रीलंका प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपालले पहिलो हाफमा १–० को अग्रता बनाएको छ । नेपालकी पुनम जर्घामगरले ४२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी हुन् ।
सावित्रा भण्डारीको हेड पासमा पुनमले गोल गरेकी हुन् । खेलको सुरुआती समयदेखि नै नेपालले आक्रमक खेल खेलेपनि गोल गर्न असफल रह्यो ।
खेलको १० औं मिनेटमा अनिता बस्नेतले प्रहार गरेको कर्नरमा कप्तान निरु थापाले गरेको हेड पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५