विराटनगर : पाँचौं संस्करणको दक्षिण एशियाली महिला फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) मा अहिले केहीबेरमा नेपालले श्रीलंकासँग भिड्दै छ । समूह एको बिजेता नेपाल र समूह बीको उपबिजेता नेपालबीच विराटनगरको शहिद रंगशालमामा प्रवेशका लागि भिडन्त हुन लागेको हो ।
भुटान र बंङ्लादेशलाई हराएर सेमिफाइनलमा प्रवेश गरेको नेपाल उच्च मनोवलका साथ मैदानमा उत्रिने छ । नेपालका प्रशिक्षक हरि खड्काले नेपालले घरेलु दर्शक र मैदानको भरपुर फाइदा उठाउने बताए । उनले यो संस्करणको उपाधि उचाल्न नेपाल आतुर रहेको उल्लेख गरे ।
आइतबार भएको समूह बी मा भारतले श्रीलंकालाई ५ – ० ले पराजित गरेपछि सेमिफाइनलको समिकरण पुरा भएको थियो । आजै दिउँसो ३ बजे भारत र बंङ्लादेशबीच सेमिफाइनलको भिडन्त हुनेछ ।
-फोटो :गोलनेपाल
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५