काठमाडौं : चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एक सफल जोडीका रूपमा परिचित छन् । उनीहरूको सफलताका कारण उनीहरूलाई ‘मह’ जोडीको रूपमा चिन्ने गर्छाैं । तर यी दुई कलाकारहरू अब प्रतिष्पर्धी हुने भएका छन् ।
उनीहरू कलाकारितामा एक सफल जोडी भएकाले विभिन्न कार्यक्रमहरूमा सँगै देख्न पाइन्छ । उनीहरूले सँगसँगै यात्रा गरेको ३९ वर्षपछि पहिलो पटक प्रतिष्पर्धीका रूपमा उभिने भएका छन् ।
उनीहरू कलाकारितामा नभएर धुर्मुस-सुन्तली फाउण्डेशनबाट निर्माण भइरहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सहयोगार्थ हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा एकअर्काबीच प्रतिष्पर्धी हुन लागेका हुन् । टिम ए’को कप्तानी मदनकृष्ण श्रेष्ठले सम्हाल्नेछन् भने टिम बी’को कप्तानी हरिवंश आचार्यले सम्हाल्नेछन् ।
मदनकृष्ण नेतृत्वका खेलाडीहरू :
सुनिल थापा
राजेश हमाल
राजेशपायल राई
अनमोल केसी
प्रदीप खड्का
बद्री पंगेनी
सत्यराज आचार्य
शंकर विसी
कुमार कट्टेल
कर्म शाक्य
माओत्से गुरुङ
सन्दीप क्षेत्री
मणिराम पोखरेल
राजु ढकाल
दुर्गेश थापा
शिवहरि पौडेल
निर्मल शर्मा
सुुरेन्द्र शर्मा
रमेशराज भट्टराई
हरिवंश आचार्य नेतृत्वका खेलाडीहरू :
नीर शाह
भुवन केसी
सरोज खनाल
किरण केसी
आर्यन सिग्देल
दयाहाङ राई
निश्चल बस्नेत
गौरव पहाडी
हेमन्त राणा
हेमन्त शर्मा
पल शाह
अर्जुन घिमिरे
सुरजसिंह ठकुरी
स्वरूपराज आचार्य
रामजी खाँड
शिवशंकर रिजाल
पशुपति शर्मा
राजा राजेन्द्र पोखरेल
यसराज गरच
खेल ६ ओभरको हुने धुर्मुस-सुन्तली फाउण्डेशनले जनाएको छ । यस खेललगतै २० ओभरकाे खेल हुनेछ । २० ओभरको खेलमा टिम ए काे नेतृत्व पारस खड्काले गर्ने र टिम बी को नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५