काठमाडौं : गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माण सहयोगार्थ मातृभूमि कप क्रिकेट प्रतियोगिता हुने भएको छ । धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गर्न लागेको यस रङ्गशाला निर्मााणमा सहयोग गर्ने उद्देश्यले मैत्रीपूर्ण प्रतियोगिता हुन लागेको आज काठमाडौंमा आयोजित प्रत्रकार सम्मेलनमा फाउण्डेशनले जनाएको छ ।
आगामी चैत २३ गते त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल ‘ए’ र नेपाल ‘बी’का बीचमा ‘मातृभूमि कप’ आयोजना गर्न लागिएको फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए । पारस खड्काको ’टिम ए’ तथा ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको ‘टिम बी’बीच प्रतिष्पर्धा हुनेछ ।
टिम ए का खेलाडीहरू
टिम एमा पारस खड्का, शरद भेषवाकर, अनिलकुमार साह, ललितनारायण राजवंशी, सोमपाल कामी, अभिनास बोहोरा, सन्दीप जोरा, रोहितकुमार पौडेल, सुनिल धमला, कमलसिंह ऐरी, आरिफ शेख र भुवन कार्की रहेका छन् ।
टिम बी का खेलाडीहरू
टिम बीबाट ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, वसन्त रेग्मी, करण केसी, ललित भण्डारी, भीम सार्की, पवन सर्राफ, विक्रम सोब, सुशन भारी, दिलीप नाथ र प्रदीप ऐरी मैदान उत्रनेछन् ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५