पोखरा ः पोखरा महानगरपालिकाले घर नक्सापासका पुराना कागजातलाई विद्युतीय माध्यमबाट अभिलेख राख्न सुरु गरेको छ । साविक लेखनाथ नगरपालिका एवं हाल पोखरा–२७ मा रहेको कार्यालयमा सञ्चालन गरिएको अभिलेखीकरणको महानगरपालिका प्रमुख मानबहादुर जिसीले सोमबार १ कार्यक्रमबीच शुभारम्भ गरे ।
कार्यालयका कामलाई प्रविधिमैत्री बनाउन सके भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्नुका साथै छिटो सेवा दिन सकिने जिसीले बताए ।
नक्सा शाखामा नक्सा पासका किताबका अभिलेख अव्यस्थित हुँदा मुसाले खाने, सेवाग्राहीले चाहेको बेलामा प्रतिलिपि नपाउने जस्ता समस्याको न्यूनीकरणमा विद्युतीय अभिलेखीकरणले सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत यस्तै शेषनारायण पौडेलले अभिलेखीकरणले महानगरको कार्यालयलाई कागजरहित बनाउन सहयोग पुग्ने उल्लेख गरे । महानगरका सूचना अधिकारी गङ्गालाल सुवेदीले २०७३ अघिका झण्डै ६० हजार घर नक्सापासका किताबलाई विद्युतीय अभिलेखीकरणमार्फत व्यवस्थित गरिने जानकारी दिए ।
महानगरपालिकाका वरिष्ठ इञ्जिनियर पूर्णबहादुर गुरुङले १ हजार वर्गफिटसम्मका घरको नक्सापास वडाका प्राविधिकले गर्न सक्ने गरी अधिकार प्रयोजन गरिएको बताए । काठमाडौंको टेक्नोलोजी सेल्स कम्पनीले महानगरका घर नक्सापासका अभिलेखलाई व्यवस्थापन गर्न लागेको कार्यक्रममा जानकारी दिइयो ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५