कोलम्बो ः श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सोमबार भ्रष्टाचार विरुद्धको पाँच वर्षे अभियान सुरु गरेका छन् ।
आगामी सन् २०२३ सम्ममा देशलाई भ्रष्टाचार मुक्त बनाउने उद्देश्यले कार्ययोजनासहित अभियान सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।
अभियानअन्तर्गत आक्रामक योजना अघि सार्दै दोषीलाई कडा कानुनी कारबाही गरिने सिरिसेनाले बताए ।
संघीय र प्रान्तीय कार्यालयका सरकारी अधिकारी, राजनीतिज्ञ, सामाजिक कार्यकर्तालगायतका विरुद्धमा पनि अभियान चलाइने उनको भनाइ छ ।
अभियान सुरुवात कार्यक्रममा ४ वटा हातेकिताब पनि सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत ५, २०७५