धनुषा : हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक विजेता अजितकुमार यादवलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले यादवलाई सम्मान गर्ने निर्णय गरेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नाे ट्विटरमा उल्लेख गरेका छन् ।
सप्तरी राजविराजका यादवले पुरुष तीन हजार मिटर दौडमा स्वर्ण जितेका हुन् ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५