भोजपुर : जिल्ला अदालत भोजपुरबाट कैद सजाय फैसला भएर पनि फरार रहेका एक जना सोह्र वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्दाका फैसला भएर पनि फरारलाई १६ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत भोजपुरबाट २०५९ साल चैत ९ गते जबजस्ती करणी मुद्दामा तीन वर्ष तीन महिना कैद सजाय तोकिएका जिल्लाको पश्चिमी टेम्केमैयुङ गाउँपालिका वडा नम्वर १ खम्बुखाका ५२ वर्षीय गजकुमार राईलाई पक्राउ गरेको हो ।
राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट गएको प्रहरी टोलीले जंगलमा रहेको गोठमा बसेको अवस्थामा शनिवार पक्राउ गरेको हो । राईलाई अदालतको आदेशमा कैद भुक्तानका लागि कारागार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५