काठमाडौं : लेखक तथा कलाकार जीवन थापा ‘क्षितिज’द्वारा अभिनित नयाँ म्युजिक भिडियो ‘पानी आउने धारो, मान्छन् सबले प्यारो’ युट्युबमार्फत् सार्वजनिक भएको छ ।
शान्ता खत्री कार्कीको शब्द र रिमेश कुमारको सङ्गीत रहेको उक्त गीतमा चर्चित गायक राजनराज शिवाकोटी र गीतकारसमेत रहेकी शान्ताको कर्णप्रिय स्वर रहेको छ । भिडियोमा जीवन थापाका साथै आशिका अधिकारी र आरके थापा देशभक्तको अभिनय रहेको छ ।
गणेश थापाको निर्देशन रहेको भिडियोको छायाङ्कन मनोज राईले गरेका छन् । काठमाडौं उपत्यका आसपासका स्थलमा छायाङ्कन गरिएको भिडियोको सम्पादन ललित सिंहले गरेका हुन् ।
हेर्नुहोस् भिडियो :
प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५ १७:४६