पोखरा: पोखरा महानगरपालिका– २५ हेम्जामा आयोजित आलु महोत्सवमा १५ लाख ६० हजार रुपैयाँ बराबरको आलु बिक्री भएको छ ।
‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ आयोजित महोत्सवमा शुक्रबारसम्म लगभग ३७ हजार दर्शकले अवलोकन गर्नुका साथै सो रकमको आलु खरिद गरेका थिए । विष्णुपादुका खेलमैदानमा आयोजित महोत्सवको आकर्षणकोरुपमा रहेको आलुको पहाडमा अहिले पनि खरिदका लागि भीड लाग्ने गरेको संयोजक कृष्णबहादुुर थापाले जानकारी दिए ।
उनका अनुसार दर्शकले महोत्सवमा आलुका विभिन्न परिकारको स्वाद लिँदै सांस्कृतिक कार्यक्रम, रत्यौली प्रतियोगिता, राष्ट्रिय कृषि दोहोरी, कृषि झाँकी, पप कन्सर्ट, हास्य कलाकारको प्रस्तुति, जापानीज सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवं प्रदर्शन गरिएको छ । यही चैत २२ गतेदेखि सञ्चालन भएको महोत्सव आइतबारसम्म सञ्चालन रहने छ ।