काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौँ उपत्यकामा प्रदर्शन सुरु भएको छ । पुष्पकलम दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको आयोजनामा काठमाडौँमा विभिन्न स्थानमा विरोध र्याली सुरु भएको हो ।
प्रचण्ड, नेपाल, झलनाथ खनाल, योगेश भट्टराईसहितका नेताहरु सुन्धारा, रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय हुँदै भृकटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ ।